रेलिगेशनबाट बच्न जित्नै पर्ने दबाबमा फ्रेन्ड्स
फाइल फोटो
काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक `ए` डिभिजन लिग फुटबलको दशौँ चरणका खेल आज (शुक्रबार)बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती दिन दुई खेल हुनेछ ।
दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । खेलमा दुवै टोलीलाई रेलिगेशनको चिन्ता छ । फ्रेन्ड्सले दशौँ खेलमा समेत जित निकाल्न नसके रेलिगेशनको थप दबाब झेल्नुपर्छ ।
प्रशिक्षक मृगेन्द्र मिश्रको भनाई मान्ने हो भने बीबीसीविरूद्वको खेलमा पराजित भए फ्रेन्डस ९९ प्रतिशत रेलिगेशनमा जानेछ ।
बीबीसी भने फ्रेन्ड्सलाई पराजित गर्दै रेलिगेशन क्षेत्रमै पर्न चाहदैन । खेलमा दुबै टोलीलाई विदेशी खेलाडीको साथ रहनेछ ।
फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ । फ्रेन्ड्सले ९ चरण सकिदा जित निकाल्न सकेको छैन । बीबीसी ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
दिनको दोस्रो खेलमा साझ पौने ५ बजे त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आर्मी जित निकाल्दै शीर्ष स्थानको मछिन्द्रलाई दबाब बढाउन चाहन्छ । जावलाखेल आर्मीलाई रोक्दै रेलिगेशनको दबाबबाट मुक्त हुन चाहन्छ ।
दुबै टोलीलाई केही राष्ट्रिय खेलाडीको साथ रहदा जावलाखेललाई थप बिदेशी खेलाडीले सहयोग पर्नेछ ।
आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । जावलाखेल ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया