बार्सिलोना फेरि रोकियो
काठमाडौँ- इन्जुरी समयमा लुक डि जङको गोलसँगै आइतबार राति भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले हार टारेको छ । अन्तिम समयमा लुकको गोलसँगै बार्सिलोनाले स्पान्योलसँगै २-२ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।
खेलमा दुबै टोली १० खेलाडीमा सिमित भएका थिए । खेल सुरु हुनु अघिनै स्पान्योलमा म्यानुएलले रातो कार्ड सामना गरे भने इन्जुरी समयमा निकोलासले अर्को रातो कार्ड भेटे । बार्सिलोना जेरार्ड पिकेले रातो कार्डको सामना गरे ।
खेलमा भ्रमणकारी टोली बार्सिलोनाले सुरुवाती अग्रता बनायो । दोस्रो मिनेटमै पेड्रीले जोर्ड अल्बाको पासमा गोल गरे ।
सर्जि डारडरले ४०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । राहुल थोमसले ६४औं मिनेटमा गोल गर्दा घरेलु टोली २-१ ले अगाडि बढ्यो ।
तर लुकले इन्जुरी समयको छैटौं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याए ।
बराबरी रोकिएसँगै २३ खेलबाट ३९ अंकसहित चौथो स्थानमा छ । २४ खेलबाट २८ अंक सहित स्पान्योल १३औं स्थानमा छ ।
जारी ला लिगामा ५४ अंक सहित रियल मड्रिड शीर्ष स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया