फुटबल

शेफिल्डमाथि टोटेनहमको प्रभावशाली जित

इकागज |
माघ ५, २०७७ सोमबार ८:४१ बजे

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले शेफिल्ड युनाईटेडमाथि प्रभावशाली जित निकालेको छ । आइतबार राती भएको खेलमा टोटेनहमले शेफिल्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमका लागि सर्जी अरिअर, ह्यारी केन र टेंगी डोम्बेलेले गोल गरे । शेफिल्डका लागि डेभिड म्याकगोल्ड्रिकले एक गोल गरे । जितपछि जोसे माउरिन्होको टिम १८ खेलबाट ३३ अंकसहित प्रिमियर लिगको पाँचौ स्थानमा छ । हार व्यहोरेको शेफिल्ड रेलिगेसनमा छ । 



Author

थप समाचार
x