फुटबल

आर्मीलाई मेयर गोल्डकपको उपाधि

इकागज |
माघ २५, २०७७ आइतबार १९:३३ बजे

फाइल तस्बिर

काठमाडौँ :  त्रिभुवन आर्मी क्लबले आइतबार भंगाहा नगरपालिका नक-आउट मेयर गोल्डकप प्रतियोगिताको उपाधि हात पारेको छ । आर्मीले उपाधि भिडन्तमा विभागिय प्रतिद्वन्द्वी शसस्त्र प्रहरी (एपीएफ)लाई २–१ ले पराजित पराजित गर्दै उपाधि हात पारेको हो । 

भंगाहा सितापुर स्थित उच्च माधयमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगिता जितेसँगै आर्मीले पाँच लाख नगद पुरस्कार प्राप्त गर्‍याे । त्यस्तै उप–विजेता एपीएफले दुई लाख हात पार्‍यो । फाइनल खेलमा आर्मीका बिमल पाण्डे मयान अफ दि म्याच चुनिए । 



Author

थप समाचार
x