फुटबल

‘स्वार्थी रोनाल्डो पिर्लोको युभेन्टसमा फिट हुने खेलाडी होइनन् ’

इकागज |
फागुन ७, २०७७ शुक्रवार १३:५२ बजे

काठमाडौँ :  क्रिस्टियानो रोनाल्डो युभेन्टस पुगेपछि बलियो लयमा छन् । पहिलो सिजनमा रोनाल्डो सिरी ए को सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा थिए । गत सिजन त सर्वोच्च गोलकर्ता नै दरिए । यस सिजन पनि उनले सबैभन्दा धेरै गोल गरेका छन् । युभेन्टसको जर्सीमा रोनाल्डोले एक सय १६ खेल खेल्दा ८८ गोल र २१ असिस्टको योगदान गरेका छन् । 

रोनाल्डोले लगातार गोल गरिहँदा पनि सबैको प्रशंसा भने पाउन सकेका छैनन् । च्याम्पियन्स लिगमा एएफसी पोर्टोसँग युभेन्टस पराजित भएपछि रोनाल्डोको आलोचनामा रियल म्याड्रिड, इन्टर मिलान र एसी मिलान जस्ता क्लबहरूबाट खेलेका इटालियन स्ट्राइकर एन्टोनियो कासानो पनि उत्रिएका छन् । रोनाल्डो युभेन्टस प्रशिक्षक आन्दे्रइ पिर्लोको योजना मुताबिक खेल्न असफल भइरहेको कासानाको भनाई थियो । 


रोनाल्डो अझै बलियो खेलाडी भएपनि यभेन्टसमा यस सिजन उनको जादु चल्न नसकिरहेको कासानाले बताए । ‘रोनाल्डो पिर्लोको योजनामा फिट हुने खेलाडी होइनन् । उनले युभेन्टसमा धेरै गोल गरेका छन् । प्रत्येक साता गोल गरिरहेका छन् । तर उनी प्रशिक्षकले चाहे अनुसारले खेल्दैनन् । उनी स्वार्थी छन् । सहकर्मीले गोल गर्न सकुन् वा नसकुन् उनलाई त्यसको मतलब छैन,’ कासानोको भनाइ थियो । रोनाल्डो आफ्नो टिमका लागि खेल्ने भन्दा पनि कसरी गोल गर्न सकिन्छ भन्नेमा मात्रै केन्द्रित हुने कासानोको आरोप थियो । 

पोर्टोसँग २-१ ले हार ब्यहोरेपछि युभेन्टस च्याम्पियन्स लिगको अन्ति १६ बाटै बाहिरिने खतरा बढेको छ । घरेलु लिगमा समेत युभेन्टस लिग उपाधि दौडमा पछाडि परेको छ । पछिल्लो खेलमा नेपोलीसाग पराजित भएपछि युभेन्टसको लिग लिडर इन्टर मिलानसँगको दुरी आठ अंकमा पुगेको छ । लिग र च्याम्पियन्स लिगमा सोचे अनुरुपको प्रदर्शन गर्न नसके पनि युभेन्टसले घरेलु कपको फाइनल यात्रा भने तय गरिसकेको छ । 


Author

थप समाचार
x