फुटबल

नेपाली महिला फुटबल टोलीका लागि विदेशी प्रशिक्षक

इकागज |
फागुन १३, २०७७ बिहिवार १६:२८ बजे

काठमाडौँ  : अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको छ । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै एन्फाले प्राविधिक निर्देशकको भूमिकमा रहेका फिलिप्सलाई महिला टोलीको मुख्य प्रशिक्षक बनाउने निर्णय गरेको जानकारी दियो । राष्ट्रिय पुरुष टोलीका पूर्व स्ट्राइकर हरी खड्काले राजिनामा दिएपछि महिला टोली प्रशिक्षक विहिन थियो । 

गत वर्षको साउन देखि एन्फामा प्राविधिक निर्देशक रहँदै आएका फिलिप्ससँग अस्ट्रेलियामा अर्ध-व्यवसायिक क्लब तथा मलेसियामा पहिलो श्रेणीका विभिन्‍न क्लबहरु सम्हालेको अनुभव छ । अब फिलिप्सले साफ वुमन्स च्याम्पियन्सिप र एएफसी वुमन्स एसिया कप क्वालिफायर्सका लागि अभ्यासका लागि खेलाडी छनौट गरेर आफ्नो नयाँ भूमिकाको सुरुवात गर्नेछन् ।  



Author

थप समाचार
x