फुटबल

नर्विचलाई हराउँदै चेल्सीको सहज जित

इकागज |
फागुन २७, २०७८ शुक्रबार ७:३५ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरको जित निकालेको हाे ।

तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे ।


जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा छ ।

अन्य खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३-० अन्तर, उल्भ्सले वाट्फोर्डलाई ४-० अन्तर र न्युक्यासल युनाइटेडले साउथह्याम्पटनलाई २-१ अन्तरले पराजित गरेको छ । 


Author

थप समाचार
x