फुटबल

यु-१८ महिला साफ: दोस्रो खेलमा बंगलादेशको सामना गर्दै नेपाल

इकागज |
चैत ३, २०७८ बिहीबार ८:२ बजे

काठमाडौँ- पहिलो खेलमा आयोजक भारतसँग ७-० अन्तरले पराजित नेपालले जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा बंगलादेशको सामना गर्दैछ । 

जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । बंगलादेश तुलनात्मक रुपमा नेपाल भन्दा बलियो रहेको छ । यद्यपि प्रीती राईको कप्तानीमा रहेको नेपाल पहिलो जितको खोजिमा छ । 


यता, बंगलादेश समेत पहिलो खेलमै जित निकाल्न चाहन्छ  । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको शीर्ष टोलीले उपाधि हात पार्नेछ । 


Author

थप समाचार
x