फुटबल

नेपाली राष्ट्रिय फुटबल टिम थाइल्यान्डसँग हुने खेलका लागि तयारीमा जुट्यो

इकागज |
चैत ३, २०७८ बिहीबार १६:० बजे

फाइल फोटो

काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिम चैत दोस्रो साता थाइल्यान्डसँग हुुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीमा जुटेको छ । 

थाइल्याण्डको राष्ट्रिय टिम र एक क्लबसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टिम बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता दिएको हो । 


चैत १० र चैत १३ गते हुने दुई मैत्रीपूर्ण खेलका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

फिफा वरीयतामा नेपाल १६७ औं स्थानमा छ भने थाइल्यान्ड ११२औं स्थानमा छ । 

मैत्रीपूर्ण खेल एएफसी एसियन कप छनोट तयारीका लागि पनि महत्वपूर्ण हुने प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए । 

उनले एसियन कप छनोट अगाडि नेपालको खेलको अवस्थाको पनि मूल्याङ्कन हुने बताए । 

थाइल्यान्ड बलियो टिम भएपनि मैत्रीपूर्ण खेलमा नेपालले जीत हासिल गर्ने गरि नै तयारी भइरहेको उनको भनाई छ । 

नेपालले एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गर्न लागेको हो । 

छनोटमा नेपाल कठिन समूहमा छ।  समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् । 


Author

थप समाचार
x