फुटबल

युभेन्ट्स र रोमा विजयी

इकागज |
चैत ७, २०७८ सोमबार ७:४० बजे

काठमाडौँ- सालेरनिटानामाथि २-० अन्तरको जित निकाल्दै युभेन्ट्सले इटालियन सिरी ‘ए’ को शीर्ष चारमा बलियो पकड बनाएको छ । 

आइतबार घरेलु मैदान एलिएन्ज एरिना टोरिनोमा पाउलो डिबाला र डुसान भ्लाहोभिचले एक-एक गोल गरे । 


खेलको पाँचौ मिनेटमा डिबालाले अग्रता लिए । २९औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए । 

दोस्रो हाफमा कुनै गोल नभएपछि युभेन्ट्सले सहज जित निकाल्यो ।

जितसँगै युभेन्ट्सको ३० खेलबाट ५९ अंक पुगेको छ । शीर्षस्थानको मिलानको ६६ अंक छ । पराजित सालेरनिटाना १६ अंक जोडेर पुछारमा छ ।

अर्को खेलमा रोमाले लाजियोलाई ३-० अन्तरले पराजित गरेको छ । रोमाको जितमा ट्याम्मी अब्राहमले दुई तथा लोरेन्जो पेलिग्रेनीले गोल गरे । 

जितसँगै रोमा ५१अंक जोड्दै छैटौं स्थानमा उक्लदा लाजियो ४९ अंकसहित सातौं स्थानमा  छ ।


Author

थप समाचार
x