फुटबल

नेपाल सुपर लिग स्थगित

इकागज |
चैत १०, २०७८ बिहीबार १९:१४ बजे

काठमाडौँ  - नेपाल सुपर लिग (एनएसएल) निर्धारित समयमा नहुने भएको छ। लिगको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी र एनएसएलमा आबद्ध १० टिमको संयुक्त बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा)को असहयोगले समयमा लिग आयोजना गर्न नसकेको स्पस्ट पारेको हो।

प्रतियोगिता यहीँ चैत २६ गतेबाट सुरु हुने घोषणा गरिएको थियो । एन्फाले बुधबारमात्र प्रतियोगिताको मिति स्वीकृत गरेको थियो । संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आयोजक र सहभागी टिमले समस्या समाधानका लागि ए डिभिजनका क्लब तयार नहुनु र समस्या समाधानका लागि समिति गठन गरेर अघि बढ्न ढिलाई भएका कारण निर्धारित समयमा प्रतियोगितामा सहभागी हुन नसकिने बताएका छन्। 


प्रतियोगिता सञ्चालनका लागि १५ दिनअघिमात्र स्वीकृति दिनु र एनएसएल भन्दा पछि माग गरिएको मोफसलका गोल्डकप प्रतियोगितालाई एनएसएलसँग जुधारएर स्वीकृति दिनुले एन्फाका पदाधिकारी एनएसएलप्रति पूर्वाग्राही बनेको एक विज्ञप्ति जारी गर्दै जनाएको छ। एनएसएलले हाल कायम रहेको सम्झौता स्वत: नवीकरण हुने र आगामी दिनमा वार्षिक क्यालेन्डरमा राखेर अन्य प्रतियोगितासँग नजुध्ने गरि पर्याप्त तयारीको समय दिएर भाद्र र असोज महिनाका लागि प्रतियोगिता सञ्चालनको समय उपलब्ध गराउन एन्फासँग माग समेत गरेको छ ।  

 

 


Author

थप समाचार
x