फुटबल

एसियन कप छनाेटका लागि विशाल राई पनि बन्द प्रशिक्षणमा

इकागज |
चैत २४, २०७८ बिहीबार १४:३१ बजे

काठमाडौं– एएफसी एसिया कप २०२३ छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थप एक सदस्यलाई बन्द प्रशिक्षणमा बोलाएको छ। यसअघि बन्द प्रशिक्षणका लागि २४ खेलाडी बोलाइएको थियो । अहिले मिडफिल्डर विशाल राईलाई बोलाएसँगै बन्द्र प्रशिक्षणमा सहभागी हुनेको संख्या २५ पुर्याइएकाे छ। 
छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको छ । यस समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् ।

कुवेतमा हुने छनोट अन्तर्गत नेपालले पहिलो खेल जोर्डनविरुद्ध जुन ८ तारिखमा खेल्नेछ । नेपालले दोस्रो खेल कुवेतविरुद्ध जुन ११ तथा अन्तिम खेल इन्डोनेसियाविरुद्ध जुन १४ तारिखमा खेल्ने तालिका रहेको छ । 


नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षण अप्रिल १५ तारिखबाट सुरु गर्नेछन् ।

छनोटमा परेका खेलाडीः 

किरण चेम्जोङ, दिप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुश घलान, विकाश खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिस डांगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकूरी, तेज तामाङ र विशाल राई ।
 


Author

थप समाचार
x