रोनाल्डो युनाइटेडका लागि समस्या हुन् कि समाधान ?
काठमाडौँ – म्यान्चेस्टर युनाइटेडमा आएदेखि क्रिस्टीयानो रोनाल्डोलाई जोडेर सबैभन्दा धेरै सोधिने प्रश्न भनेको रोनाल्डो म्यान्चेस्टर युनाइटेडको समस्याको कारण हुन् वा समाधान ?
इंग्लिस प्रिमियर लिगअन्तर्गत युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा नर्विच सिटीलाई ३–२ ले पराजित गर्दा रोनाल्डोले ह्याट्रिक पुरा गरे । जुन पोर्चुगिज स्टार रोनाल्डोका लागि क्लब करियरको ५०औं ह्याट्रिक हो । खेल करियरको भने यो ६० औं ह्याट्रिक हो । साथै रोनाल्डो ६० औं ह्याट्रिक पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी समेत हुन् ।
यसस“गै ३२ खेलबाट ५४ अंक जोडेको युनाइटेड तालिकाको पाँचौ स्थानमा रहेको छ । रोनाल्डोको ह्याट्रिकमा जित निकालेको युनाइटेडले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना पनि जिवितै राखेको छ ।
त्यतिमात्र नभएर प्रिमियर लिगअन्तर्गत रोनाल्डोले ९९औं गोल समेत गर्न भ्याएका छन् । उनी जारी सिजनको लिग अन्तर्गत सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा समेत रहेको छन् । रोनाल्डोले १५ गोल गर्दा लिभरपुलका मोहमद सालाहले २० तथा टोटनहमका सन हेउन्ग–मिनले १७ गोल गरेका छन् ।
समग्रमा रोनाल्डोले युनाइटेडका लागि यो सिजनमा २१ गोल गरेका छन् । यो लगातार १६ औं सिजन हो जसमा रोनाल्डोले २० वा सो भन्दा बढी गोल गरेका छन् ।
तथ्यांकले ३७ वर्षीय रोनाल्डो युनाइटेडका लागि बाधक हुन् भन्ने कुरा बकबास भएको नर्विचका मुख्य प्रशिक्षक डिन स्मिथ बताउछन् । उनको धारणा के छ भने रोनाल्डोले गोल गरिरहदासम्म युनाइटेडले रोनाल्डोलाई खेलाइराख्नुपर्छ ।
अहिलेको अवस्थामा रोनाल्डोले ओल्ड ट्राफोर्डमा युनाइटेडलाई माथि उकास्ने काम गरिरहेका छन् । युनाइटेडका लागि उनको उपस्थिति ठूलो हो र मुख्य प्रशिक्षकका बलिया दावेदार रहेका इरिक टेन हागले क्लब सम्हालेपछि रोनाल्डो युनाइटेडस“गै सम्झौताको अन्तिम वर्ष रहन्छन वा रहदैनन भन्ने गम्भिर छलफल गर्नु आवश्यक देखिन्छ ।
बीबीसीको सहयोगमा ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया