निर्मलले विश्वकप फुटबल सगरमाथाको चुचुरोमा पुर्याउँदै
काठमाडौँ – चर्चित हिमाल आरोही निर्मल पुर्जाले कतारमा हुने फिफा विश्वकप २०२२ को आधिकारिक फुटबल सगरमाथाको चुचुरोमा पुर्याउने उद्देश्यले सगरमाथाको आरोहण गरिहेका छन् ।
पुर्जाले कतारमा हुने विश्वकपको आधिकारिक फुटबल ‘अल रिहला’ लिएर सगरमाथाको आरोहण गरिहेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
उनले यो यात्रा सिमारहित, आफैमाथिको विश्वास र टिमवर्कमा विश्वास गर्ने बारे रहेको उल्लेख गरेका छन् ।
उनले खेलकुद भनेको मानिसहरूलाई एकतावद्ध गर्ने र एकअर्कालाई समर्थन गर्ने तथा यसले जो जहाँबाट भएपनि सँगै आएर ठूलो कुरा सिर्जना गर्न सक्नु भनी जनाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया