युरोपा लिगको उपाधि लागि रेन्जर्स र फ्रयांकफर्ट भिड्ने
काठमाडौँ- यूइएफए युरोपा लिगको उपाधिका लागि रेन्जर्स र आइनट्राख्ट फ्रयांकफर्ट भिड्ने भएका छन् ।
बिहीबार राति टर्किस क्लब रेन्जर्सले जर्मन क्लब आरबी लाइपजिगलाई सेमिफाइनलको दोस्रो लेगमा ३-१ हरायो । समग्रमा लाइपजित ३–२ को जित निकाल्न सफल भयो ।
घरेलु टोलीको जितमा जेम्स टाभेनिएर, ग्लेन कामरा र जोन लन्डस्ट्रोमले गोल गरे । यस्तै लाइपजिगका लागि क्रिस्टोफोर एनकुकुले सान्त्वना गोल गरे ।
अर्काे सेमिफाइनल खेलमा फ्रयांकफर्टले वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेकाे छ । फ्रयांकफर्ट समग्रमा ३–१ ले विजयी भयो ।
फ्रयांकफर्टको जितमा राफयल सान्तोस बोरेले खेलको २६औं मिनेटमा निर्णायक गोल गरे । दुई टोलीबीचको उपाधिका भिडन्त १८ मे मा स्पेनमा हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया