इंग्लिस प्रिमियर लिग फुटबल : चेल्सी रोक्कियो, युनाइटेड पराजित
काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी बराबरीमा रोकिदा म्यानचेस्टर युनाईटेडले लज्जास्पद हार व्यहोरेको छ ।
घरेलु टोली ब्राइटनले युनाइटेडलाई ४-० अन्तरले पराजित गर्याे । ब्राइटनको जितमा मोइसेस, मार्क किकिरेला, पास्कल ग्रोब र लिन्द्रो ट्रोसार्डले एक-एक गोल गरे ।
जितपछि ब्राइटन ३६ खेलमा ४७ अंक जोडेर नवौं स्थानमा छ । युनाईटेड ५८ अंक जोडेर छैटौं स्थानमा छ । योसँगै युनाइटेडको च्याम्पियन्स लिग सम्भावना कम भएको छ ।
अर्को खेलमा चेल्सी वुल्भ्ससँग २–२ को बराबरीमा रोकियो । घरेलु मैदान स्ट्रामफोर्ड ब्रीजमा चेल्सीले २-० को अग्रता जोगाउन नसकेको हो । चेल्सीको लागि रोमेलु लुकाकुले दुई गोल गरे । वुल्भ्सको लागि फ्रान्सिस्को ट्रिनिकाओले र कोनोर कोयडीले गोल गरे ।
बराबरीसँगै ३५ खेलबाट ६७ अंक जोडेको चेल्सी तालिकाको तेस्रो स्थानमा छ । यस्तै, ३५ खेलबाट ५० अंक जोडेको वुल्भ्स तालिकाको आठौं स्थानमा छ । प्रिमियर लिगअन्तर्गत शनिबार नै भएको अन्य खेलहरूमा ब्रेन्टफोर्डले साउथ ह्याम्पटनलाई ३–० ले, एस्टोन भिल्लाले बर्न्लीलाई ३–१ ले र क्रिस्टल प्यालेसले वाटफोर्डलाई १–० ले पराजित गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया