एट्लेटिकोसँग रियल मड्रिड पराजित
काठमाडौँ- स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले उपाधि विजेता रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन खेलको ४०औं मिनेटमा यान्निक कारास्कोले पेनाल्टीमार्फत गोल गरे ।
यूइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको रियलले यस अघिनै ला लिगाको उपाधि जितिसकेको छ ।
पराजित भएपनि ३५ खेलमा ८१ अंक जोडेको रियल शीर्ष स्थानमा यथावत छ । जितसँगै एट्लेटिकोले ३५ खेलबाट ६४ अंक जोडेर चौंथो स्थानमा छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया