सुशासन

सर्वोच्चद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदरकाे आदेश

इकागज |
जेठ १२, २०७९ बिहीबार १७:८ बजे

काठमाडौँ-  सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्‍ट्रिय विमानस्थल बनाउने सम्बन्धमा सरकारले हालसम्म गरेका निर्णयहरू खारेज गर्न आदेश दिएको छ ।

बिहीबार बसेको अदालतको पाँच न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्मा बृहत पूर्ण इजलाशले रिट जारी गर्दै इआइए लगायतका हालसम्म भएका निर्णयहरू बदर गर्न आदेश दिएको हो ।


वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्माले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । आदेशपछि शर्माले इकागजसँग भने, 'निर्णय बदर भएपछि सरकारले गरेका काम खारेज हुन्छ ।'

 


Author

थप समाचार
x