सुशासन

४ लाख घूस लिने वडा सचिवविरुद्ध मुद्दा

इकागज |
चैत २४, २०७७ मगलवार १७:४० बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ ।

उनले निर्माण कार्य सकिएपछि बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग घूस लिएका थिए । चार लाख घूस लिएको पूष्टि भएपछि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



Author

थप समाचार
x