सुशासन

किसानसँग घूस लिने खाँ अख्तियारको फन्दामा

इकागज |
बैशाख १५, २०७८ बुधवार १२:४८ बजे

काठमाडौं : किसानसँग अनुदानका लागि घूस लिने एक कर्मचारी अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले नियन्‍त्रणमा लिएको छ । डोल्पाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको स्याउ जोन कार्यालय प्रमुख हसमुल्ला खाँलाई आयोगले नियन्‍त्रणमा लिएको हो ।

दाँते ओखरको बिरुवा उत्पादन गरेवापत किसानलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घूस माग गरिरहेको अवस्थामा आयोगले समातेको हो । 


आयोगको सुर्खेत कार्यालयबाट खटिई गएको टोलीले खाँलाई २५ हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । 


Author

थप समाचार
x