डा. रोजनाथ पाण्डे सचिवमा बढुवा
फाइल तस्बिर
काठमाडाैं । संघीय संसद सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।
संसद सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एउटा सचिवको पद रिक्त थियो । रिक्त पदपुर्तिका लागि बसेको संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रवक्ताको भूमिकामा रहेका डा. पाण्डेलाई सचिवमा बढुवा गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया