सुशासन

वडा सचिव र प्रशासन सहायकविरुध्द भ्रष्टाचार मुद्दा

इकागज |
असोज २९, २०७७ बिहिवार ११:१ बजे

काठमाडौंःकरदाताबाट संकलित राजस्व बैंकमा जम्मा नगरी हिनामिना वडा सचिव र प्रशासन सहायकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । सुर्खेतको वीरेन्द्रनगरपालिका–४ का वडा सचिव इन्द्रप्रसाद अधिकारी र प्रशासन सहायक रत्‍नबहादुर बिकविरुद्ध बैंकमा जम्मा गर्नुपर्ने राजस्व हिनामिनाको दाबीसहित आयोगले असोज २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

वडा कार्यालयले २० लाख २० हजार ६७ रुपैयाँ राजस्व संकलन गरेका थिए । तिनले जम्मा ४ लाख १६ हजार ६ सय रुपैयाँ मात्र बैंकमा दाखिला गरेका थिए । बाँकी १६ लाख ३ हजार ४ सय ६७ रुपैयाँ भने बैंकमा जम्मा नगरी आफूखुसी काममा खर्च गरेका थिए ।


आयोगले दुवैको प्रत्यक्ष मिलेमतो, संलग्‍नतामा भ्रष्टाचार भएको प्रमाण र जिकिरसहित बैंकमा जम्मा नभएको रकम भ्रष्टाचार भएको ठहर गरेको छ । दुवैविरुद्ध १६ लाख ३ हजार ४ सय ६७ रुपैयाँ बिगो बमोजिम दोब्बर जरिवाना, कैद सजायँ हुनुपर्ने माग आयोगको छ । त्यसअतिरिक्त ७ लाख १६ हजार ७ सय १७ रुपैयाँ राजस्व पनि बैंक दाखिला नगरी हिनामिना गरेको दाबीसहित रकम जफतको माग आयोगको छ ।
 


Author

थप समाचार
x