सुशासन

नासु महतोविरुध्द १० हजार घूस लिएको आरोपमा मुद्दा

इकागज |
मंसिर ४, २०७७ बिहीबार १८:५ बजे

काठमाडौँ : १० हजार घुस लिएको अभियोग लागेका वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशंकर महतोविरुध्द विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार महतोविरुध्द मुद्दा दायर गरेको हो । 

फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले महतोलाई पक्राउ गरेको थियो । आयोगका प्रवक्ता तारानाथ अधिकारीले  बिगोअनुसारको कारबाहीको माग गर्दै महतोविरुध्द मुद्दा दायर गरिएको जानकारी दिए । 
 



Author

थप समाचार
x