सुशासन

स्ट्रिङ्ग अपरेसनमा वनका अध्यक्ष

इकागज |
कात्तिक १, २०७७ शनिबार ७:५६ बजे

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्ट्रिङ्ग अपरेसन’को फन्दामा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष परेका छन् । धनगढी उपमहानगरपालिका–११ मा पर्ने सीताराम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई सेवाग्राहीसँग ८० हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा असोज २९ मा अख्तियार टोली पक्राउ गरेको हो ।

उनले त्यो रकम रेन्जर रामअवतार चौधरीलाई रकम दिने भन्दै सेवाग्राहीबाट लिएका हुन् । अख्तिायरको दावी अनुसार, उपभोक्ता समूह अध्यक्ष रानाले सेवाग्राही र रेन्जरबीच ‘बिचौलिया’को भूमिका निर्वाह गरेका थिए । तर, त्यो घूस रकम रेन्जर चौधरीले लिइनसकेको हुँदा उनलाई पक्राउ गरिएको छैन । बिचौलियाको भूमिकामा रहेका उपभोक्ता समूहका अध्यक्ष रानालाई नियन्त्रण लिई अख्तियारले अनुसन्धान अघि बढाएको छ ।


उक्त वनको काठ तस्करी हुँदै गरेको अवस्थामा सव-डिभिजन वन कार्यालय तारानगर कैलालीले टयाक्टर चालकसहित काठ बरामद गरेको थियो । उक्त काठमा ‘मुद्दा मिलाइदिन्छु’ भनी घूस मागेको सूचना आएपछि अख्तियारको टोली छापा मार्न गएको थियो । 
 


Author

थप समाचार
x