सुशासन

काठको मुद्दा मिलाइदिन्छु भन्दै घूस लिने कर्मचारी अख्तियारको फन्दामा

इकागज |
असार ६, २०७८ आइतबार १६:५९ बजे

काठमाडौँ : धादिङको निलकण्ठ सव-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्णप्रसाद पौडेललाई घूस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले समाएको छ ।

‘सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पछि मुद्दा मिलाउने भन्दै घूस लिएका थिए । ४० हजार रुपैयाँ घूस लिएको अवस्थामा कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।



Author

थप समाचार
x