सुशासन

नागरिकता, पासपोर्टको काम सातामा तीन दिन मात्रै, यस्तो छ प्रशासनिक सेवाको तालिका

इकागज |
असार ७, २०७८ सोमबार १४:५ बजे

काठमाडौँ : निषेधाज्ञामा अत्यावश्यक सार्वजनिक सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरले नयाँ तालिका बनाएको छ । प्रशासनले मंगलबारबाट लागू हुने गरी नयाँ तालिका ल्याएको हो । 

अर्को व्यवस्था नभएसम्म लागू हुनेगरी नयाँ तालिका बनाएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । ललितपुर महानगरपालिकामा नागरिकता, राहदानी, हातहतियार दर्ता तथा नविकरणका लागि सातामा तीन दिन छुट्याइएको छ । आइतबार, सोमबार र मंगलबार मात्रै यी सेवा प्रवाह हुने उल्लेख छ । 


यस्तो छ तालिका : 
१. नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि नावालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण आदि सेवाहरु लिन विभिन्न स्थानीय तहहरुको लागि तोकिएको बारहरू :

क. ललितपुर महानगरपालिका :

आइतबार, सोमबार र मंगलबार

ख. महाँकाल, बागमती र कोन्ज्योसोम गाउँपालिका 

बुधबार 

ग. गोदावरी र महालक्ष्मी नगरपालिका :

बिहीबार र शुक्रबार

२. पत्रपत्रिका संघ संस्था दर्ता र नवीकरणको लागि तोकिएका बारहरू :
क. संघ संस्था दर्ता:
सोमबार र बुधबार मात्र

ख. संघ संस्था नवीकरण: आइतबार, मंगलबार विहीबार मात्र

ग. पत्रपत्रिका छापाखाना दर्ता र विधान संशोधनः शुक्रबार मात्र


३. शान्ति सुरक्षाको निवेदन र कानून बमोजिम हुने मुद्दा सम्बन्धी कार्य : सबै कार्यालय दिन । 

४. विपद् व्यवस्थापन सम्बन्धी कार्यहरू : सबै कार्यालय दिन ।

५. सेवाग्राहीहरुले पालना गर्नुपर्ने शर्तहरू :

* सेवाग्राहीले सेवा लिन आउँदा सुरक्षित तरिकाले अनिवार्य रुपमा मास्क लगाएको हुनु पर्नेछ

* कार्यालय परिसरमा प्रवेश गरे पश्चात सम्बन्धित शाखा / फाँटमा सेवा लिन जानु अघि तोकिएको स्थानमा साबुन पानीले हात धुनुपर्नेछ वा सेनिटाईजरको प्रयोग गर्नुपर्ने छ ।

* कम्तीमा २ मिटरको भौतिक दुरी कायम गर्नुपर्नेछ ।

* तोकिएका दिन (बार) मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा प्रवेश गर्नुपर्नेछ । * नागरिकता र नाबालिग परिचयपत्र बनाउने हकमा सेवाग्राही र सनाखत गर्ने थप १ जना मात्र कार्यालय परिसरमा प्रवेश गर्न सकिनेछ । 

* सेवा लिन आउनु अघि सेवा प्राप्त गर्नको लागि तोकिएका कागज / प्रमाण साथमा लिई आउनु पर्नेछ । कागज / प्रमाण नपुगेमा सेवा दिन सकिने छैन । आवश्यक पर्ने कागजातको विवरण यस कार्यालयको वेबसाइटको नागरिक सेवा वडापत्र खण्डमा हेर्न सकिने छ ।

* रुघा खोकी, ज्वरो जस्ता लक्षण देखिएका सेवाग्राहीलाई कार्यालयमा प्रवेश दिईनेछैन । * कार्यालयको भिडभाड र कोभिड १९ संक्रमणको अवस्था अनुसार उल्लेखित तालिकामा आवश्यकता अनुसार थपघट र परिमार्जन गर्दै लगिनेछ ।

सेवा लिन आउने सेवाग्राहीहरुले माथि उल्लेख गरेदेखि बाहेकका कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका अन्य स्वास्थ्य सम्बन्धी मापदण्डहरु पालना गर्नु पर्नेछ ।


Author

थप समाचार
x