सुशासन

गोदावरीका मेयर र उपमेयरले पाए सफाइ

इकागज |
साउन ३०, २०८१ बुधबार २२:१२ बजे

काठमाडौं  - विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयरलाई सफाइ दिएको छ । विशेष अदालतले मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहितलाई सफाइ दिएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सबै आरोपितलाई सफाइ दिएको हो । अदालतले आरोप दाबी पुष्टि नहुने फैसला गरेको छ । 


उनीहरूमाथि ढुंगा तथा बालुवा उत्खनन् र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

 


Author

थप समाचार
x