सुशासन

आयोजना प्रमुखविरुध्द भ्रष्टाचार मुद्दा

इकागज |
मंसिर १२, २०७७ शुक्रवार १८:४ बजे

काठमाडाैं : नेपाल विद्युत प्राधिकरणका हेटौंडा–भरतपुर–बर्दघाट २२० के.भी.ए. प्रसारण लाइन आयोजना प्रमुख इश्वरीप्रसाद जयसवालविरुद्ध १० लाख रुपैयाँ बिगो कायम गरी शुक्रबार भ्रष्टाचार मुद्दा चलाएको छ । आयोगले निर्माणाधीन प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान, ढुवानी तथा घाट गद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिन सेवाग्राहीसँग घुस लिएको अभियोगमा अनुसन्धान गरी मुुुद्दा चलाएको हो ।

उनलाई घूस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो । जयसवाल प्राधिकरणका नवौ तहका इन्जिनियर हुन् । सेवाग्राहीसँग भुक्तानी माग गर्दा आफ्नो पद, ओहदा र अधिकारको दुरूपयोग गरी भ्रष्टाचार गर्ने बदनियतपूर्ण मनसाय देखिएको र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न भएको ठहर आयोगको छ ।


भ्रष्टाचार निवारण अनुसार अदालतबाट भ्रष्टाचारी प्रमाणित भएका जयसवाल १ वर्ष ६ महिनादेखि दुई वर्ष ६ महिनासम्म कैद सजायँ र बिगो बमोजिम जरिवानासमेत हुनेछ ।
 


Author

थप समाचार
x