सुशासन

राउत प्रधानन्यायाधीशमा नियुक्त

इकागज |
असोज २०, २०८१ आइतबार १२:३० बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् ।

आइतबार राष्ट्रपति पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।


यस अघि राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषद्‌को सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।


Author

थप समाचार
x