Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

सुशासन

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

इकागज |
कात्तिक ८, २०८१ बिहीबार १५:३ बजे

फाइल फाेटाे

काठमाडौँ -  सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।​

बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।


गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले ६ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो । जुन आज सकिँदै थियो ।

हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई प्रहरीले बयानका लागि रुपन्देही समेत लैजाने तयारी गरेको छ ।


Author

थप समाचार
x