सुशासन

रवि लामिछानेलाई पोखरा लगियो

इकागज |
मंसिर २६, २०८१ बुधबार १३:३० बजे

फाइल फोटो

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ । उनलाई पर्सामा बयानपछि काठमाडौं ल्याइएको थियो । बुधबारै पर्साबाट काठमाडौं ल्याएर उनलाई विमानमा पोखरा लगिएको हो । 

लामिछाने गत २ कात्तिकमा पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो । सुरुमा उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीमा ठगी गरेकोमा उजुरी परेकाले पोखा लगिएको हो ।


त्यसपछि रुपन्देही, चितवन र पर्सामा पनि उनीविरुद्ध उजुरी परेपछि ती जिल्लाहरूमा पनि उनको बयान भएको छ । प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x