नेपाल बार एसोसिएसन निर्वाचनः उम्मेदवार चयनमा डिएलएमा अन्यौल, कांग्रेस नेतृत्व हावी

काठमाडौंः नेपाल बार एसोसिएसनको केन्द्रीय अधिवेशनको उम्मेदवारी चयनमा डेमोक्रेटिक लयर्स एसोसिएसन डिएलएमा अन्यौल देखिएको छ । कांग्रेसनिकट डिएलए र एमाले निकट प्रगतिशिल कानून व्यवसायीबीच गठबन्धनको तयारी भएर डिएलएको भागमा अध्यक्ष परेको छ । तर, डिएलएको छनौट समितिले उम्मेदवारको नाम छनौट गर्नुको साटो कांग्रेसको हस्तक्षेप निम्त्याएको आरोप लागेको छ ।
डिएलए कांग्रेसको सुभेच्छुक संगठन भएकाले हालसम्म उम्मेदवारी चयन संगठनले तय गरेको समितिले नै गर्ने गरेको थियो । तर, डिएलए नेतृत्वले यसपाली आकांक्षीहरु यदुनाथ खनाल, विजय मिश्र तथा योगेन्द्र क्षेत्रीबाट नाम तय गर्नुपर्नेमा नसक्दा कांग्रेस नेतृत्वले हस्तक्षेप गरेको छ । कांग्रेसले आनन्द ढुंगानालाई बारको टिकट बाँड्ने जिम्मा दिएको छ ।
एकातिर विपक्षी गठबन्धन र स्वतन्त्र उम्मेदवारले रमण श्रेष्ठलाई समर्थन गरिरहँदा डिएलएले मतदातामा लोकप्रिय उम्मेदवार छान्नुपर्ने भए पनि पार्टी नेतृत्वले हस्तक्षेप गरेर पकेटको उम्मेदवार छान्न खोजेको त होइन भन्ने प्रश्न उठेको छ । कांग्रेसले आकांक्षीहरुबीच सम्वाद नै नगरी उम्मेदवार चयन गर्न खोज्दा यसले परिणामबारे डिएलएभित्र अनेक अड्कलबाजी भैरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया