सुशासन

पप्पुसहित ६ कम्पनी कालोसूचीमा : एक वर्षसम्म सरकारी ठेक्का लिन नपाउने

इकागज |
मंसिर १६, २०७७ मंगलबार १२:५० बजे

काठमाडौं : सरकारले पप्पुसहित  ६ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै जानकारी दिएको हो । 

निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई एक वर्षका लागि कालोसूचीमा राखेको कार्यालयले जनाएकाे छ । यी कम्पनीले यो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउँदैनन् । 


जेआईईसी- पप्पु, चारघरे कन्स्ट्रक्सन, नन्दला कृषि मेशिनरी सप्लायर्स, डोलरी कन्स्ट्रक्सन, उत्कल कन्स्ट्रक्सन र एबीसी ट्रेड एन्ड सप्लायर्स कम्पनीलाई कालोसूचीमा राखेको हो । 


Author

थप समाचार
x