सुशासन

ट्राफिक प्रहरीलाई घुस दिन खोज्‍ने एक जना पक्राउ

इकागज |
मंसिर १८, २०७७ बिहीबार १७:५५ बजे

फाइल तस्वीर

काठमाडौं : ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई नियन्त्रणमा लिइएको छ । ट्राफिक प्रहरी जवान अरविन्दकुमार गिरीलाई एक हजार रुपैयाँ घुस दिएर प्रभावमा पार्न खोज्ने स्कूटर चालक डिल्लीबजारका पंकज सिंहलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । उनले कमलादीस्थित फुटपाथमा स्कूटर पार्किङ गरेर राखेका थिए । 

फुटपाथमा स्कूटर राखेको भन्दै कारबाही गर्न खोजेपछि उनले घुस दिन खोजेका थिए । उनलाई पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी वृत कमलपोखरीमा बुझाइएको प्रहरीले जनाएको छ । 



Author

थप समाचार
x