प्रधानाध्यापकको मिलेमतोमा नक्कली लाइसेन्स देखाएर पढाउने शिक्षकविरुद्ध मुद्दा
काठमाडौँ - नक्कली अध्यापन अनुमति पत्र पेश गरी अध्यापन गराउने राम जनता आधारभूत विद्यालयका पिसिएफ शिक्षक रविन्द्रनाथ चौधरीविरुद्ध अख्तियार दुरुपयोग आयोगले मुद्दा दायर गरेको छ । अनुसन्धान हुँदा तत्कालीन सोही बिद्यालयका प्रधानाध्यापक रामलखन चौधरीको मिलेमतोमा उनले नक्कली स्थायी अध्यापन अनुमतिपत्र बनाएको अनुसन्धानमा खुलेको छ ।
सर्लाही चन्द्रनगर-३ को राम जनता आधारभूत विद्यालयमा अध्यापन गराएको स-प्रमाण पुष्टि भएको आयोगले जानकारी दिएको छ । अख्तियारले बुधबार काठमाडौँ विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया