भारतबाट बिस्कुट ल्याउन सहजिकरण गरेकोमा घूस लिने हवल्दार अख्तियारको फन्दामा
काठमाडौँ - भारतबाट घरायसी प्रयोजनका लागि बिस्कुटलगतायतका समग्री नेपाल भित्र्याउन सहजिकरण गर्न पाँच हजार रुपैयाँ घूस लिने वरिष्ठ हवल्दार राजीशरण साह पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका-५ को रामनगरस्थित सशस्त्र प्रहरी बलको सुरक्षा वेस क्याम्पमा कार्यरत छन् ।
घरमा प्रयोग गर्नका लागि बिस्कुट लगायतका घरायसी सामाग्रीहरु नेपाल भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग पाँच हजार घूस लिएको उजुरीपछि आयोगको टोली खटिएको थियो ।
वरिष्ठ हवल्दार राजीशरण साह तथा जिल्ला महोत्तरी गौशाला नगरपालिका बस्ने राम आशिष साहलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको आयोगले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया