सुशासन

७ करोड हिनामिना गरेको अभियोग

रसिद काटेर राजश्व दाखिला नगर्ने ३ कर्मचारीविरुध्द भ्रष्टाचार अभियोग

इकागज |
मंसिर २९, २०७७ सोमबार १६:५९ बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोलपोत कार्यालयमा रसिद काट्दै सरकारी कोषमा रकम नबुझाउने तीन कर्मचारीविरुध्द भ्रष्टाचार अभियोग लगाएको छ । सोमबार तिनीहरुविरुद्ध आयोगले ठूलो परिमाणमा राजस्व हिनामिना गरेको अभियोग लगाएको हो ।

आयोगले मालपोत कार्यालय भरतपुरमा कार्यरत तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्र्जीसहित ३ कर्मचारीविरुध्द राजस्व चुहावट, हिनामिना र भ्रष्टाचारसम्बन्धी अभियोग लगाएको हो । आन्तरिक लेखा परीक्षण हुँदा रसिद काटेको, संकलित बैंक दाखिला गर्नुको सट्टा कीर्ते कागज बनाएको र लेखा शाखामा नबुझाइ हिनामिना गरेको प्रमाणित भएको दावी आयोगको छ ।


लेखा अधिकृत रिठ्ठे दर्र्जीले ७ करोड ८ लाख १७ हजार ३७ रुपैयाँ मालपोत कार्यालय संकलित रकम बैंक दाखिला नगरी हिनामिना गरेको अभियोगमा मुद्दा चलाएको छ । आयोगको दावीअनुसार, बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखतसमेत कीर्ते गरी नक्कली भौचरहरू तयार गरेको पाइयो । त्यसअतिरिक्त दाखिला भौचरहरू बैंक दाखिलापश्चात् सच्याइ बदनियतपूर्ण ढंगले बढी दाखिला भएको देखिने गरी भौचर संलग्न गराएको भेटिएको छ ।

त्यसअतिरिक्त दर्जीले आन्तरिक लेखापरीक्षण हुँदा २ करोड ५८ लाख ३ हजार २ सय ३१ रुपैयाँ दाखिला गरेको हुँदा बाँकी रहन आउने ४ करोड ५० लाख १३ हजार ८ सय ६ असुल गरी जफत निम्ति माग दावी लिएको छ ।

आयोगको दावी अनुसार, त्यही कार्यरत लेखापाल बलराम सापकोटाले बैंक दाखिला गर्नुपर्ने राजस्व रकम आफूले बुझे । तर तिनले ५८ लाख ४३ हजार ८ सय ६ रुपैयाँ बैंक खातामा दाखिला गरेनन् । उनले त्यो रकम हिनामिना गरेको अभियोगमा बिगो, जरिवानासहित कैद जरिवाना हुनुपर्ने जिकीरसहित मुद्दा दायर गरेको छ । त्यसरी त्यही मालपोत नायब सुब्बा मनोजकुमार निरौलाले मुद्दा फाँटमा संकलित राजस्व रकममध्ये ४ लाख ७१ हजार ६ सय १८ रुपैयाँ हिनामिना गरेका थिए ।
 


Author

थप समाचार
x