सुशासन

प्रधानन्यायाधीश जबरा गल्दै गएका छन्ः लिलामणि पौडेल

इकागज |
कात्तिक ३०, २०७८ मंगलबार १०:५१ बजे

फाइल तस्‍बिर

काठमाडौँ – नेपाल बार एसोसियसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा गल्दै गएको बताएका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनलरत बारको मंगलबारको विरोध सभामा बोल्दै महासचिव पौडेलले यस्तो बताएका हुन् । उनले बारको आन्दोलनविरुद्ध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई कारबाही गर्ने चेतावनीसमेत दिए । प्रधानन्यायाधीविरुद्ध आन्दालनरत बार तीन सातादेखि आन्दोलित छ । 

प्रधानन्यायाधीश जबराले साेमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए । तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दाेलनलाई निरन्तरता दिएकाे छ ।



Author

थप समाचार
x