बारले बोलायो आकस्मिक बैठक
फाइल तस्बिर
काठमाडौँ – नेपाल बार एसोसियसनले आकस्मिक बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनरत बारले बिहीबार आकस्मिक बैठक बोलाएको हो । बैठकमा उपत्यकामा उपलब्ध पदाधिकारी, पूर्व पदाधिकारी र सल्लाहकार सिमितिका सदस्यलाई बोलाइएको छ ।
आज बारको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल हुँदा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित दुई जना कानुन व्यवसायी घाइते भएका थिए । बारको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि आगामी रणनीतिक तय गर्न बैठक बोलाइएको बताइएको छ । बैठकले थप रणनीति बनाउने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया