सुशासन

घूससहित खरिदार र लेखापढी व्यवसायी पक्राउ

इकागज |
कात्तिक ४, २०७७ मंगलबार १६:५२ बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोेगको ‘स्टिङ अपरेशन’मा मालपोतका खरिदार र लेखापढी व्यवसायी परेका छन् । सेवाग्राहीबाट पाँच हजार घूस लिइसकेको अवस्थामा दुवै आयोगको नियन्त्रणमा परेका हुन् ।

आयोगका अनुसार, सेवाग्राहीबाट घूस लिनेमा मालपोत कार्यालय दैलेखका खरिदार भुवनकेशर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढालाई घूससहित आयोगले कात्तिक ३ मा नियन्त्रण लिएको हो । उनीहरुले जग्गा नामसारी गर्दा सहजीकरण निम्ति सेवाग्राहीसँग घूस लिएका हुन् ।
 



Author

थप समाचार
x