सुशासन

सेवा निवृत्त भए सचिव ढुंगाना

इकागज |
माघ १९, २०७८ बुधबार १७:३३ बजे

काठमाडौँ– प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव शिशिरकुमार ढुंगाना आजदेखि सेवानिवृत्त भएका छन् । लामो समय अर्थ मन्त्रालयमा काम गरेका उनी शुरुवातमा नगर विकास कोषका अधिकृत थिए । 

अर्थ मन्त्रालयमा छँदा उनले आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, भन्सार विभागमा रहेर काम गरे । भन्सार विभागका महानिर्देशकपछि सचिव बढुवासँगै उनको सुदूर पश्चिमाञ्चलको क्षेत्रीय प्रशासकमा पदस्थापना भएको थियो । 


उनले अर्थ मन्त्रालयमा पहिले राजस्व सचिव र पछि अर्थ सचिवको जिम्मेवारीमा रहेर काम गरेका थिए ।

सुधार पक्षधर प्रशासकको छवि बनाएका ढुंगानाले राजस्व प्रशासन सुधारमा काम गर्नुका साथै धेरै पटक आर्थिक विधेयकको आर्किटेक्टका रूपमा काम गरेका छन् । 
 


Author

थप समाचार
x