सुशासन

कोड्कुको सरकारी जग्गा हिनामिना गर्ने यूरो हाउजिङ अख्तियारको फन्दामा

इकागज |
पुस २६, २०७७ आइतबार १८:३५ बजे

काठमाडौं : कोड्कु खोला आसपासको नक्सा तोडमोड गरी सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी र हाउजिङ कम्पनीका सञ्‍चालकहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । अख्तियारले उनीहरूविरुद्ध २ करोड २ लाख रुपैयाँभन्दा बढीका दरले बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीले मालपोतका कर्मचारीसँगको मिलेमतोमा सरकारी जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर २८ र वडा नं. २३ स्थित सिलौटेमा पर्ने कर्मनासा (कोड्कु) नामको सार्वजनिक खोला र खोला आसपासको सरकारी/सार्वजनिक जग्गा हिनामिना गरेको पुष्टी भएको छ ।

२०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई सार्वजनिक जग्गा प्लटिङ गरेको अख्तियारले जानकारी दिएको छ । कम्पनीहरूका सञ्‍चालकहरुको एकआपसमा मिलेमतो ८ रोपनी १२ आना ३ पैसा २ दाम सरकारी जग्गा हिनामिना गरेका हुन् ।


तत्काल नापी कार्याल, ललितपुर र मालपोत कार्यालय, ललितपुरका कर्मचारीहरु, यूरो ल्याण्ड डेभलपर्स प्रा.लि., यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि. र काठमाडौं हस्पिटल प्रा.लि.का संचालकसमेतका आरोपीहरूको हकमा देहायबमोजिमको कसुरमा देहायबमोजिम हुन मागदावी लिई आइतबार काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।


नियमविपरीत प्लटीङ गरी व्यक्ति विशेषलाई बिक्री गरेका विभिन्न कित्ता जग्गाहरू हाल कायम रहेका जग्गाधनीहरू ज्योत्सना जोशीसमेत ३३ जनाका नाममा छ । देवी मिश्र, अरुणा झा, एपेक्स कलेजका प्रतिनिधि सोमनाथ प्रसाई, कुमारी कंचन साह, कृष्ण साल्की, गोपाल तिमल्सिना, तीर्थ बहादुर कार्की, त्रिलोक राज शाक्य, देव नारायण तिमल्सिना, नारायण देवी मानन्धर, निर्मला शाक्य, पूर्ण गोविन्द लाखे श्रेष्ठ, विरो देवी यादव, भुवनेश्वरी पराजुली, पंकज पराजुली, मिना कुमारी कार्की राउत, यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि.का गुणीकाजी मानन्धर, रस्मी महर्जन, राजेन्द्र प्रसाद रुपाखेती, राज्य लक्ष्मी अमात्य, राम दुलारी देवी साह, राम माया महर्जन, रुपा श्रेष्ठ, लोक बहादुर डंगोल, लोकेश महर्जन, शकुन्तला श्रेष्ठ, शुशिल मानन्धर, सरिता कुमारी ठाकुर, सुनिल मानन्धर, सुरेन्द्र कुमार मण्डल, सोनिया पोख्रेलका व्यक्तिहरूका नाममा छ ।

जग्गाधनीहरूले पेश गरेका जग्गाधनी दर्ता स्रेस्ता, ललितपुरको मालपोत तथा नापी कार्यालयका विभिन्न पत्रहरूबाट एकिन हुन आएको अख्तियारले जानकारी दिएको छ ।

 


Author

थप समाचार
x