सुशासन

बिजुलीको पोल बनाएवापत् घूस लिने कर्मचारी पक्राउ

इकागज |
माघ ५, २०७७ सोमबार १६:२ बजे

काठमाडौं : पाँच हजार रुपैयाँ घूस लिने नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । तनहुँ वितरण केन्द्रस्थित आँबु प्रशाखामा कार्यरत तह-४ का (तह-४) कृष्ण आलेले सेवाग्राहीको काम गरिदिए वापत घूस लिइरहेको अवस्थामा पक्राउ परेका थिए । 

 पोखराको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले कृष्ण आलेलाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।


आलेले पोल तथा तारहरु मर्मत गरी दिएवापत नियमानुसार बुझाउनुपर्ने रकम बाहेकको अतिरिक्त रकम घूस माग गरिरहेको अवस्‍थामा बरामद चएको थियो ।


Author

थप समाचार
x