सुशासन

नक्सा मिलाइदिन्छु भन्दै घुस माग्ने सुब्बा र लेखापढी व्यवसायी पक्राउ

इकागज |
माघ ७, २०७७ बुधवार १६:५३ बजे

काठमाडौं : लगनखेलको भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठ पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले उनीहरूलाई सेवाग्राहीको जग्गा ट्रायल चेक गर्दा घुस माग्दै गरेको अवस्थामा समातेको हो । 

उनीहरूले ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको बताउँदै सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेका थिए । आयोगबाट खटिएको टोलीले मन्दिप कुमार श्रेष्ठ र रमेशलाल श्रेष्ठलाई सेवाग्राहीबाट चालीस हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा लगनखेल बसपार्कबाट पक्राउन गरेको हो । अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।



Author

थप समाचार
x