सुशासन

डेढ लाख घुस लिने सव-इन्‍जिनियरविरुद्ध मुद्दा

इकागज |
माघ १३, २०७७ मंगलबार १६:२१ बजे

काठमाडौं : तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर सुरेन्द्र अधिकारी डेढ लाख घुस लिइरहेको अवस्‍थामा पक्राउ परेका छन् । 

आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरिरहेको अवस्‍थामा अख्‍तियार दुरुपयोग अनुसन्‍धान आयोगले उनलाई समातेको हो । 


पोखरामा रहेको आयोगको कार्यालयबाट खटिई गएको टोलीले अधिकारीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 


Author

थप समाचार
x