सुशासन

यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा

सुभाष कर्ण |
माघ १३, २०७७ मगलवार २१:२ बजे

जनकपुरधाम : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय जनकपुरमा छापा मारेको छ । सेवाग्राहीसँग घूसवापत लिएको रकम कार्यालयमै लुकाएर राखिएको गोप्य सूचनाको आधारमा आयोगको बर्दिवासबाट खटिएको टोलीले कार्यालयमा छापा मारेको हो । 

सवारी चालक अनुमति पत्रवापत लिएको घूसको ठूलो रकम कार्यालय भित्र नगद नै भेट्ने जानकारी अख्तियारलाई जानकारी आएपछि टोलीले छापा मारेको अख्तियार कार्यालय बर्दिबासका अधिकृत मनिराम ज्ञवालीले बताए । 


उनले भने, 'गोप्य सूचनाको आधारमा हामी यहाँ आएका हौं । अवैध रकम भेटाउने जानकारी आएपछि छापा मार्न आएका हौ ।' 

उनले टोली कार्यालय भित्र प्रवेश गरेपछि कर्मचारीहर" भाग्‍न खोजेपछि अनुसन्धान नसकुञ्‍जेलसम्म नियन्त्रणमा राखिएको जानकारी दिए । 

टोलीले कार्यालयभित्र कार्यालय प्रमुख, दुई करारका कर्मचारी, एक कार्यालय सहयोगी र दुई विचौलियालाई कार्यालयभित्रै नियन्त्रणमा राखेको छ ।

आयोग स्रोतले यातायात कार्यालयमा गैरकानुनी तरिकाले लाईसेन्स बनाएवापतको करिब १ करोड रुपैयाँ नगद राखिएको सूचना आएपछि छापा मार्न आएको जानकारी दियो । 


Author

थप समाचार
x