सुशासन

स्काभेटरको लाइसेन्‍स दिँदा घुस लिने कर्मचारी नियन्‍त्रणमा

इकागज |
माघ १४, २०७७ बुधबार १२:५८ बजे

काठमाडौं : स्काभेटर र लोडर चालकको अनुमतीपत्र (लाइसेन्‍स) वितरण गर्ने क्रममा घुस लिने कर्मचारीलाई अख्‍तियार दुरुपयोग अनुसन्‍धान आयोगले नियन्‍त्रणमा लिएको छ । जनकपुरधाममा चलिरहेको 'स्काभेटर र लोडर' को सवारी चालक अनुमती पत्र (लाइसेन्स) वितरण गर्ने क्रममा सञ्‍चालित अन्तिम परिक्षाका परिक्षार्थीबाट अतिरिक्त रकम उठाएकोमा यातायात कार्यालय सहयोगी भोगेन्‍द्र कापर र बिचौलिया राज किशोर भगतलाई नियन्‍त्रणमा लिएको हो । 

अख्‍तयारले सूचना प्राप्त गरेपछि बर्दिवासबाट टोली खटाएको थियो । कार्यालय सहयोगी कापरको कोठामा खानतलासी गर्दा दुई लाख २३ हजार ८ सय ५० बरामद गरेको छ । परीक्षार्थीहरुको पैसा बुझाउन ल्याएको भनिएका जनकपुर वडा नं. १० बस्ने बिचौलिया भगतको साथमा परीक्षार्थीहरुको नाम र दर्ता नम्बर भएको कागजात सहित  ५० हजार रुपैयाँ बरामद भएको थियो ।

उनीहरूविरुद्ध दुई लाख ७३ हजार ८ सय ५० रुपैयाँ रकमसहित जनकपुरधामको यातायात कार्यालय परिसरबाटै नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगले जानकारी दिएको छ । 



Author

थप समाचार
x