सुशासन

सार्वजनिक जग्‍गा व्यक्तिको नाममा कित्ताकाट

इकागज |
माघ १५, २०७७ बिहीबार १६:२१ बजे

काठमाडौं : सार्वजनिक सम्पत्ति व्यक्ति विशेषको नाममा कित्ताकाट गरी क्षेत्रफल बढाउने कर्मचारी र व्यक्तिहरू विरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले छानबिनको क्रममा सार्वजनिक जग्‍गा व्यक्ति विशेषको नाममा दर्ता भएको भेटाएको हो । रुपन्‍देहीको खड्वा बनगाई-७ को  कित्ता नम्‍बर ३८७ को सार्वजनिक जग्गाको दुरुपयोग भएको उल्‍लेख छ । 

 रुपन्देहीको नापी कार्यालयका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक रामराज यादवले पदको दुरुपयोग गरेको अनुसन्‍धानमा खुलेको छ । सार्वजनिक जग्‍गा व्यक्ति विशेषलाई प्रत्यक्ष फाइदा पुर्‍याएको उल्‍लेख छ । उनीहरूलाई जग्गाको मुल्य ९ लाख ८३ हजार ७ सय रुपैयाँ बिगोदाबी लिइएको छ । जग्गाधनी मुना पासिनले नापी कार्यालयका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी छुटजग्गा दर्ता गर्ने क्रममा मूल्य ९ लाख ८३ हजार ७ सय रुपैयाँको जग्गा आफ्नो नाममा समावेश गरेको उल्‍लेख छ ।

हाल जग्गाधनीहरू कल्पना ज्ञवाली र माधव न्यौपानेको हकमा सरकारी सार्वजनिक जग्गा आ-आफ्नो नाममा गराउन कुनै कसुर नगरेको अनुसन्‍धानबाट खुलेको छ । त्यस्तो जग्गा आफ्नो नाममा खरिद गरेको देखिएकोले उनीहरुको नाममा देखिएको जग्गा जफत गरी सरकारको नाममा कायम गर्ने आयोगले बताएको छ । आयोगले बिहीबार काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।



Author

थप समाचार
x