घुस लिएको अभियोगमा हवल्दार शान्ति भण्डारीविरुद्ध मुद्दा
फाइल तस्बिर
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको महिला तथा बालबालिका केन्द्रका कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै सेवाग्राहीसँग रु १० हजार घुस मागेको अभियोग प्रहरी हवल्दार भण्डारीमाथि लागेको छ । आयोगले केही दिन पहिले भण्डारीलाई घुससहित पक्राउ गरेको थियो । आयोगले बिगो अनुसारको कारवाहीको माग गर्दै मुद्दा दर्ता गरेको हो ।
यस्तै आयोगले सप्तरी नापी कार्यालयमा कार्यरत निमित्त कार्यालय प्रमुख हरिचन्द्रर ठाकुरलाई रु १५ हजार घुससहित पक्राउ गरेको छ । जग्गाको कित्ताकाट गरिदिने भनी लेखापढी व्यवसायी अरुणुकमार यादवमार्फत ठाकुरले घुस मागेको आयोगको आरोप छ । आयोगको इटहरीबाट गएको टोलीले ठाकुरलाई नापी कार्यालयसँगैको चियाखाजा पसलबाट आज पक्राउ गरेको हो । आरोपीको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया