सुशासन

नापी निरीक्षकिवरुद्ध मुद्दा दायर

इकागज |
माघ २९, २०७७ बिहिवार २०:१९ बजे

काठमाडौँ  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिल्ला अदालतमा नापी निरीक्षकद्वय सुमित चौलागाई र मनोज थापाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी सर्वेक्षकद्वयले सेवाग्राहीसँग पाँच हजार घुस लिएको आरोप लागेको छ । आरोपीद्वयलाई बिगो अनुसारको कारवाहीको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । (रासस)



Author

थप समाचार
x